गृहपृष्ठ Tag: मेयर

कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य विजयी भएका छन् । पूर्व एमाले रहेका आचार्य पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीमा सक्रिय छन् । उनी एमालेकाे विरासतलाई भत्काएर निर्वाचित भएका हुन् । उपप्रमुखमा...

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताएका छन् । महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको...

ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्य विजयी भएकी छिन् । प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४...

वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बनेका हुन् । उनी एमालेका उम्मेदवार विजय सरावगीलाई हराउँदै विजयी भएका हुन् । गत...

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले झण्डै दोब्बर मतका साथ अग्रता लिएका छन् । अहिलेसम्मको मतपरिणाम अनुसार बालेनको पक्षमा २०७१ मत खसेको छ । उनका प्रतिस्पर्धी एमालेका केशव स्थापित ११६४ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसकी सिर्जना सिंहले आधाभन्दा बढी...

भुइँ तहको मानिने स्थानीय तहको निर्वाचन जतिजति नजिकिँदै छ, चुनावी मैदानमा होमिएका उम्मेदवारहरु उतिउति घरदैलो कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । तारकेश्वर नगरपालिकाका सातै जना मेयरका उम्मेदवार जनताका बीचमा पुगेर मत मागिरहेका छन् । नेपाली काँग्रेसको तर्फबाट तारकेश्वर नगरपालिकाको मेयरमा...

काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेद्वारी परेको छ । प्रमुख पदका लागि उम्मेद्वारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेद्वारी दिएका हुन् भने बाँकी ३५ ले स्वतन्त्र उम्मेद्वारका रूपमा मनोनयन दर्ता गराए । प्रमुख पदका लागि उम्मेद्वारी दिनेमध्ये...

काठमाडौं महानगरमा नेकपा एमालेबाट मेयरमा केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार दिउँसो नेता स्थापितले आफ्नो दलबलसहित प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारी दर्ता गराएका हुन् । गत शनिबार बसेको एमाले सचिवालय बैठकले काठमाडौंबाट मेयरमा स्थापितलाई उम्मेदवार बनाएको थियो...

नेकपा (एमाले)ले पोखरा महानगरपालिकाको मेयरबाट दीपक पौडेललाई पाखा लगाउँदै कृष्ण थापालाई सिफारिस गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले पौडेललाई मेयर पदमा उठाउने निर्णय गरेको थियो । तथापि, सोमबार बिहानै पार्टीले निर्णय फेरेर थापालाई अगाडि सारेको...