global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौं महानगरको मेयरमा केशव स्थापितले गरे उम्मेदवारी दर्ता

काठमाडौं महानगरको मेयरमा केशव स्थापितले गरे उम्मेदवारी दर्ता

काठमाडौं महानगरको मेयरमा केशव स्थापितले गरे उम्मेदवारी दर्ता

काठमाडौं महानगरमा नेकपा एमालेबाट मेयरमा केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार दिउँसो नेता स्थापितले आफ्नो दलबलसहित प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारी दर्ता गराएका हुन् ।

गत शनिबार बसेको एमाले सचिवालय बैठकले काठमाडौंबाट मेयरमा स्थापितलाई उम्मेदवार बनाएको थियो । त्यसैगरी एमालेका तर्फबाट काठमाडौं महानगरमा उपमेयर बनेकी सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएकी छिन् । गत वैशाख २ गते स्वतन्त्रबाट मेयरको उम्मेदवार बन्ने तयारीमा रहेकी डंगोललाई एमालेले उपमेयरको उम्मेदवार बनाएको हो ।

एमालेबाट मेयरको उम्मेदवार बनेका स्थापित यसअघि पनि काठमाडौंमा मेयर बनेका छन् । २०५४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयर बनेका स्थापित हाल बागमती प्रदेशको सांसद रहेका थिए ।

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु