global ime bank Long Banner Ad

गृहपृष्ठ गुराँस लाइफद्वारा मृत्यु दावी भुक्तानी

गुराँस लाइफद्वारा मृत्यु दावी भुक्तानी

गुराँस लाइफद्वारा मृत्यु दावी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तुलसीपुर बसोबास गर्ने बीमित स्व. केशव वलीको मृत्युपश्चात बीमितका इच्छाएको व्यक्तिलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेकाे छ । मृतककी श्रीमती रुपा केसीलाई तुलसीपुर शाखाका शाखा प्रमुख सतिश कुमार धितालले एक कार्यक्रमका बिच रकम हस्तान्तरण गरेका हुन् ।

कम्पनीका अनुसार मृत्यु दावी बापतको ४ लाख ८५ हजार ६ सय रूपैयाँकाे चेक हस्तान्तरण गरिएकाे हाे । स्व. केशव वलीले बिमांक रकम चार लाख रूपैयाँको गुराँस सावधिक जीवन बिमा गरेका  थिए । चेक हस्तान्तरण गर्दै शाखा प्रमुख धितालले जीवन बिमा बचत मात्र नभई आर्थिक क्षति विरुद्धको सुरक्षा पनि भएकोले जीवन बिमा सबैका लागि आवश्यक रहेको बताए ।

प्रकाशित समय : २०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु