हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा कोप–३१ मा सहभागी वनमन्त्री चौधरी
वि.सं.२०८३ कात्तिक २५ बुधवार २०:३१
shares

अन्ताल्या । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो दिन शेर्पा समुदायको परम्परागत पोशाकमा सहभागी भएको छ ।
जलवायु परिवर्तनका कारण गम्भीर असर भोगिरहेका हिमाली क्षेत्र र त्यहाँका समुदायका समस्या अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै पर्वतीय क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले उहाँले शेर्पा समुदायको परम्परागत पोशाक लगाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
शेर्पा पहिरनमा सम्मेलनमा सहभागी हुनुले नेपालको हिमाली पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्नुका साथै हालैको भोटेकोशी विपद् र जलवायु परिवर्तनका कारण नेपालको पर्वतीय क्षेत्रमा बढ्दै गएका जोखिमबारे विश्व समुदायको ध्यानाकर्षण गराउने विश्वास गरिएको छ ।
मन्त्री चौधरी कोप–३१ सम्मेलनमा सहभागी हुन आज अन्ताल्या पुग्नुभएको हो ।

























