इलाममा असिना पानीले पाक्न लागेको धानबालीमा क्षति
वि.सं.२०८३ कात्तिक २५ बुधवार १६:१७
shares

सारांश
- इलाम जिल्लाका विभिन्न क्षेत्रमा पानीसँगै परेको असिनाले पाक्नै लागेको धानबालीमा क्षति पु-याएको छ ।
- असिनाका कारण धान भित्र्याउने तयारीमा रहेका किसान चिन्तित बनेका छन् ।
- विभिन्न स्थानमा परेको असिनाले धानबालीमा क्षति पु-याएको किसानहरूले बताएका छन् ।
इलाम । इलाम जिल्लाका विभिन्न क्षेत्रमा पानीसँगै परेको असिनाले पाक्नै लागेको धानबालीमा क्षति पु-याएको छ । असिनाका कारण धान भित्र्याउने तयारीमा रहेका किसान चिन्तित बनेका छन् ।
जिल्लाका विभिन्न स्थानमा परेको असिनाले धानबालीमा क्षति पु-याएको किसानहरूले बताएका छन् । अलैँचीलगायत अन्य बालीका लागि असिना वर्षाले केही राहत पुगे पनि पाक्नै लागेको धानबालीमा भने नोक्सानी भएको उनीहरूको भनाइ छ ।
लामो समयको मेहनतपछि भित्र्याउने अवस्थामा पुगेको धानबाली असिनाले क्षति पु-याएपछि किसानहरू निराश बनेका छन् । धान काट्ने र भित्र्याउने तयारीमा रहेका किसानलाई असिना वर्षाले थप समस्या सिर्जना गरेको छ ।

























