काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

घट्यो खानेपानी महसुल शुल्क

525
shares
झापा । चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मासिक महसुल घटाएको छ । निम्न वर्गीय उपभोक्तालाई राहत पु-याउन उक्त शुल्क कम गरिएको हो ।
मेचीनगर नगरपालिकाको वडा नं ११, १२ र १३ मा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको संस्थाले १० हजार लिटरसम्म पानी उपयोग गर्दै आएका उपभोक्ताले अब मासिक १७५ मात्र तिर्नु पर्नेछ । यसअघि ती उपभोक्ताले मासिक २०० महसुल भुक्तानी गर्दै आएका थिए ।
शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएको हुँदा निम्न वर्गीय परिवारको पहुँचलाई सहज तुल्याउने उद्देश्य राखेर संस्थाले साधारणसभाबाट मासिक महसुल घटाउने प्रस्ताव पारित गरेको समितिका अध्यक्ष राजन चिमौरियाले बताए ।
उनका अनुसार १० हजारभन्दा माथि २० हजार लिटरसम्म खानेपानी उपयोग गर्ने उपभोक्ताले अब प्रतिहजार लिटरमा मासिक महसुल ३० तिर्नुपर्नेछ । यसअघि सोही मात्रामा पानी उपयोग गर्दै आएकाले ३२ तिर्दै आएका थिए ।
मासिक २० हजारदेखि ३० हजार लिटर पानी खपत गर्ने उपभोक्ताले यसअघि प्रतिहजार लिटरको ४२ तिर्दै आएकोमा अब ४० मात्र तिर्नुपर्ने भएको छ । यसैगरी, ३१ हजारदेखि अधिक पानी खपत गर्नेले प्रतिहजार लिटरको मासिक ६५ तिर्नु परिरहेकोमा अब ६० तिर्दा हुने भएको छ ।
साधारणसभाबाट पारित भएको पानीको महसुल घटाउने यो प्रस्ताव यही मङ्सिर महिनादेखि लागू हुने अध्यक्ष चिमौरियाले जानकारी दिए । संस्थामा दुई हजार ७०० सदस्यहरु आबद्ध छन् ।