काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गगन थापाद्वारा महागुरु फाल्गुनन्दप्रति श्रद्धासुमन व्यक्त

1.28K
shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा श्रद्धासुमन व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै थापाले ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महागुरु फाल्गुनन्दले अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरेका छन्।

उनले महागुरु फाल्गुनन्दले देखाएको सत्य, अहिंसा, समानता, सदाचार र सामाजिक सुधारको मार्गले सभ्य, न्यायपूर्ण र सद्भावपूर्ण समाज निर्माणका लागि सबैलाई प्रेरित गरिरहोस् भन्ने कामना गरेका छन्।

महागुरु फाल्गुनन्दका विचार, दर्शन र आदर्शलाई आत्मसात् गर्दै विविधताबीच एकता, आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनाउनुपर्ने पनि उनले बताएका छन्।