काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गगन थापाद्वारा भीमफेदी बस दुर्घटनाप्रति दुःख व्यक्त

1.3K
shares

ai logo सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापाले भीमफेदी नजिक चिसापानीगढीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
  • सामाजिक सञ्जालमार्फत उनले दुर्घटनामा १० जनाको निधन भएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भीमफेदी नजिक चिसापानीगढीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले दुर्घटनामा १० जनाको निधन भएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘काठमाडौंबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी भीमफेदी नजिक चिसापानीगढीमा भएको हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको छ । यस अकल्पनीय दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै, दुर्घटनामा घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । ईश्वरले दिवंगत आत्माहरूलाई चिरशान्ति प्रदान गरून् र शोकाकुल परिवारजनलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरून् ।’