काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फाल्गुनन्दको मार्गदर्शनले एकताबद्ध समाज निर्माणमा योगदान पुर्‍याएको छ : राष्ट्रपति पौडेल

1.51K
shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गदर्शनले समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए।

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक रूढीवादी प्रथाको अन्त्य गरी समाजलाई सही बाटो देखाउन फाल्गुनन्दले पुर्‍याएको योगदान स्मरणीय रहेको बताए।

फाल्गुनन्दको मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुगेको उनले बताए।

“किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै नेपालका विभिन्न जिल्लामा विशेष कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ,” राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ।

महागुरु फाल्गुनन्दले धार्मिक गुरु तथा सामाजिक अभियन्ताका रूपमा समाज सुधारका साथै धर्म, भाषा, लिपि र परम्पराको संरक्षण तथा विकासमा महत्त्वपूर्ण काम गरेको सन्देशमा जनाइएको छ।

राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले सबैलाई सहिष्णुता, सद्भाव, सुशासन, अहिंसा र समाज सुधारको अभियानमा सक्रिय रहन थप प्रेरणा मिलोस् भन्ने कामना गरे।