गृहपृष्ठ मुक्तिनाथ बैंकका ग्राहकलाई भरतपुर टाउन रेसिडेन्सीमा विशेष छुट
मुक्तिनाथ बैंकका ग्राहकलाई भरतपुर टाउन रेसिडेन्सीमा विशेष छुट
मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन भरतपुर टाउन रेसिडेन्सीसँग विभिन्न सेवामा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले भरतपुरमा रहेको भरतपूर टाउन रेसिडेन्सी लाउन्ज एण्ड बारमा बसाई र खाना तथा परिकारहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रकाशित समय : २०:३९ बजे



















