गृहपृष्ठ काठमाडाैं महानगरकाे मेयरका लागि ५६ र उपमेयरका लागि ३१ को उम्मेद्वारी
काठमाडाैं महानगरकाे मेयरका लागि ५६ र उपमेयरका लागि ३१ को उम्मेद्वारी
काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेद्वारी परेको छ । प्रमुख पदका लागि उम्मेद्वारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेद्वारी दिएका हुन् भने बाँकी ३५ ले स्वतन्त्र उम्मेद्वारका रूपमा मनोनयन दर्ता गराए ।
प्रमुख पदका लागि उम्मेद्वारी दिनेमध्ये आठ महिला छन् । उपप्रमुखमा उम्मेद्वारी दिने ३१ मध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेद्वारका रूपमा मनोनयन दर्ता गरे । उम्मेद्वारमध्ये १२ महिला छन् । आसन्न निर्वाचनका लागि १२ गते साँझसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेद्वारले मनोनयन दर्ता गराएका हुन् ।
मनोनयनको पहिलो दिन ११ गते प्रमुखका लागि १६ ले र उपप्रमुखका लागि १७ जनाले उम्मेद्वारी दिए । काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार काठमाडौं जिल्लाका सबै पालिकामा जम्मा एक हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराए ।
जसमा प्रमुखका लागि १२५ र उपप्रमुख पदका लागि ५७ जनाले, वडाध्यक्षका लागि ३३४, महिला सदस्यका लागि १९१, दलित महिला सदस्यका लागि १२९ जनाले र सदस्यका लागि ४२६ जनाले मनोनयनपत्र दर्ता गराए ।
प्रकाशित समय : १५:२९ बजे



















