काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जलविद्युत् आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु

357
shares

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा बाढीले क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ। पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाको सहकार्यमा सडक मर्मत थालिएको हो।

गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछिको बाढीले बालौटेमा सडक कटान गर्दा मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने सडक अवरुद्ध भएको थियो। बाढीले दुखुबेँसीको फेदीमा करिब १०० मिटर सडक भत्काउनुका साथै नजिकैको बस्तीसमेत जोखिममा पारेको छ।

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका अनुसार सडक मर्मतका लागि विभिन्न जलविद्युत् आयोजनाले डोजर र टिप्पर परिचालन गरेका छन्। मालिका गाउँपालिकाले उपलब्ध गराएको ढुङ्गा प्रयोग गरी पूर्वाधार विकास कार्यालयले ग्याबियन जाली भरेर तत्कालका लागि अस्थायी रूपमा सडक सञ्चालन गर्ने प्रयास गरिरहेको छ।

प्रदेश सरकारले सडक मर्मतका लागि हाल २५ लाख रुपैयाँ उपलब्ध गराएको छ। सडकको दीर्घकालीन समाधान र दुखुबेँसी बस्ती संरक्षणका लागि थप दुई करोड रुपैयाँभन्दा बढी बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रदेशसभा सदस्य जुग्जालीले जानकारी दिए।

म्याग्दीखोला, अपर म्याग्दी, अपर म्याग्दी–१, दरवाङ म्याग्दीखोला र मुदीखोला जलविद्युत् आयोजनाले निर्माण उपकरण परिचालन गरी सडक मर्मतमा सहयोग गरेका छन्।

अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गरेपछि बालौटेमा कटान भई सडक भत्किएको हो। सडक क्षतिग्रस्त भएपछि बेनी–दरवाङ सडकको यातायात सेवा प्रभावित भएको छ।

तत्कालका लागि दुखुखोलामा ह्युमपाइप राखेर दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरिएको मालिका गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले बताए। उनका अनुसार सडकको दिगो समाधानका लागि मर्मतसँगै बस्ती संरक्षणसमेत आवश्यक छ।

तर वैकल्पिक सडक साँघुरो, कच्ची र उपयुक्त ग्रेड नमिलेको हुँदा ठूला सवारीसाधनलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ। बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने उक्त सडकमा म्याग्दीखोला बेसिनमा निर्माणाधीन छवटा जलविद्युत् आयोजनाका निर्माण सामग्री तथा उपकरण ढुवानी गर्ने सवारीसाधनको चापसमेत रहेको छ।