एसिया कप क्रिकेटः नेपालले टस जित्यो
वि.सं.२०८३ कात्तिक २४ मंगलवार ११:५१
shares

सारांश
- एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज पाकिस्तान विरुद्धको खेलमा नेपाललले ‘टस’ जितेको छ ।
- पाकिस्तानले पहिला ‘ब्याटिङ’ गर्नेछ ।
- नेपाल एसिया कपबाट यसअघि नै बाहिरिसकेको छ ।
काठमाडौँ । ओमानमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज पाकिस्तान विरुद्धको खेलमा नेपाललले ‘टस’ जितेको छ ।
ओमानको ए आई अमेरत क्रिकेट मैदानमा भएको टसमा नेपालले आफ्नो समूह चरणको अन्तिम पाकिस्तान विरुद्धको खेलमा टस जितेर पहिला ‘फिल्डिङ’ रोजेको हो । त्यसअनुरुप अब पाकिस्तानले पहिला ‘ब्याटिङ’ गर्नेछ ।
नेपाल एसिया कपबाट यसअघि नै बाहिरिसकेको छ । लगातार दुई खेलमा हार बेहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल भारतसँग १० विकेट र संयुक्त अरब इमिरेटस (युएई) सँग सात विकेटले पराजित भएको थियो ।

























