काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेस सभापति थापाः नेपाल संवत् ११४७ का उपलक्ष्यमा शुभकामना सन्देश

1.05K
shares

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता, सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन ।

नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाल संवत् नेपालको मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको बताए । उनले नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरेका हुन ।

“नेपाल संवत्ले लोककल्याणकारी र परोपकारको प्रेरणादायी विरासत बोकेको छ, यस अवसरले नेपालीबीचको आपसी सद्भाव, आत्मीयता र एकतालाई अझ प्रगाढ बनाउने अपेक्षा छ ।”, सभापति थापाको सन्देशमा उल्लेख छ ।

यसैगरी, म्हः पूजाको पावन अवसरमा सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र आत्मविश्वासे कामना गर्दै उनले सांस्कृतिक विविधता र एकताको भावनालाई अझ बलियो बनाउन पनि नयाँ वर्षले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन ।