मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
वि.सं.२०८३ कात्तिक २४ मंगलवार १०:३५
shares

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण तथा संवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन ।
तिहार (दीपावली) तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता नै राष्ट्रिय पहिचान र सांस्कृतिक धरोहर भएको उल्लेख गरेका छन ।
मुख्यमन्त्री थापा मगरले तिहारले मानव र प्रकृतिबीचको सम्बन्धलाई उजागर गर्नुका साथै देउसीभैलोजस्ता मौलिक संस्कृतिको संरक्षण र दिदीबहिनी तथा दाजुभाइबीचको आत्मीयता बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउएका छन ।
उनले विभिन्न समुदायका मौलिक पर्व तथा ऐतिहासिक परम्पराले नेपाली समाजमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु-याएको उल्लेख गरेका छन ।

























