काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भोजनलिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता सम्पन्न, कोपिला अधिकारी प्रथम

840
shares

ai logo सारांश

  • नेपाली खाना र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित भोजनलिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता २०८३ सम्पन्न भएको छ ।
  • अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित प्रतियोगिता नेपाली परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

काठमाडौँ । नेपाली खाना र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित भोजनलिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता २०८३ सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित प्रतियोगिता नेपाली परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

प्रतियोगितामा कोपिला अधिकारी प्रथम भएकी छन् । त्यस्तै, कमल बुर्जा दोस्रो र सरिता गुरुङ तेस्रो भएका छन् ।

नेपाल खाना प्रवद्र्धन अभियानका संयोजक तथा प्रतियोगिताका आयोजक देवीप्रसाद सापकोटाले प्रतियोगिता सम्पन्न भएको जानकारी दिए ।

नेपाली मौलिक परिकारका रूपमा परिचित सेलरोटीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

नेपाली चाडपर्व, संस्कार र संस्कृतिसँग जोडिएको सेलरोटीको परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन तथा परम्परागत खानाको महत्त्व उजागर गर्न प्रतियोगिता आयोजना गरिएको हो ।