काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ताप्लेजुङमा नेपाल संवत् ११४७ हर्षोल्लासका साथ मनाइयो

672
shares

ताप्लेजुङ । नेपाल संवत् ११४७ लाई ताप्लेजुङका नेवार समुदायहरुले नेवार समुदायले नयाँ वर्षका रूपमा मनाएका छन् । जिल्लामा बसोबास गर्ने नेवार सुदायहरुले सामुहिकरुपमा भिविभिन्न कार्यक्रम तथा शुभकाना आदानप्रदान गरी मनाएका छन ।

नेपाल भाषा तथा संस्कृती समाजको अगुवाईमा जिल्ला भित्र रहेको नेवार समुदायहरु भेलाई भई नयाँ वर्षकोरुपमा नेपाल संवत् ११४७ लाई मनाएको नेपाल भाषा तथा संस्कृती समाजका अध्यक्ष शंकर श्रेष्ठले बताए । श्रेष्ठका अनुसार यसै अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा समेत गरेका छन ।

नेपाल संवत्‌लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । अध्यक्ष श्रेष्ठका अनुसार राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास छ । नेपाल संवत्‌ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो ।

लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो । लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेको इतिहासमा उल्लेख छ । नेपालको नामबाट नामकरण गरिएको यस संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको छ ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुका साथै मौलिक संवत् सञ्चालनमा योगदान पुर्‍याएको उच्च मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो । विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।

कोशी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य खगेसिं हाङगामले सबै समुदयहरुको पर्व समान भएको राज्यले समान तरिएकाले हेर्नु पर्ने बताए । । हाङगामले भने, ‘कोशी प्रदेशले सरकारी कामकाजको लागी नेवारी भाषालाई समेत समवेश गरेको छ । तर यहाँका नेवारहरु आफ्‌नो मातृभाषा बोल्न आउँदैन । त्यसैले आफ्‌नो भाषा, सँस्कृती तथा परम्परालाई संरक्षण गर्न आवश्यक छ ।’

कार्यक्रमका फुङ्लिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेन, उपप्रमुख भिमादेवी ओझ तथा जिल्लामा प्रतिनिधित्व गर्ने विभिन्न जातियसंस्थाका प्रतिनिधिहरुको सभागिता रहेको थियो ।