काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

1.76K
shares

ai logo सारांश

  • दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनैतिक सडक चार वर्षमा पनि सकिएको छैन ।
  • हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्षमा पनि कालोपत्र नभएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
  • दुई वर्षमा काम सम्पन्न गर्नेगरी उक्त सडकखण्ड ठेक्का सम्झौता भएकोे थियो ।

बागलुङ । दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनैतिक सडक चार वर्षमा पनि सकिएको छैन ।

हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्षमा पनि कालोपत्र नभएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । दुई वर्षमा काम सम्पन्न गर्नेगरी उक्त सडकखण्ड ठेक्का सम्झौता भएकोे थियो ।

एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी सडक समयमै काम नसक्दा स्थानीयलाई समस्या भएको छ ।

सडक निर्माणमा स्थानीयको निरन्तर खबरदारी र जनगुनासोको बेवास्ता भएको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले जानकारी दिए । सो सडक २०८१ साल भदौमा सम्पन्न गरिसक्नुपर्ने प्रावधान थियो ।

सडक निर्माणको जिम्मा वल्डवाइड/लोपूर्ण जेभी निर्माण कम्पनीले लिएको थियो । स्थानीयले गत कात्तिकमा निर्माण व्यवसायीविरुद्ध आन्दोलनसमेत गरेका थिए । विसं २०७९ भदौमा रु २५ करोड २० लाखमा ठेक्का सम्झौता गरिएको थियो ।