काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भाइटीकामा मुख्यमन्त्री कार्कीको शुभकामना

1.34K
shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन्।

मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गर्दै तिहारको पाँचौँ तथा अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन्।

दाजुभाइ तथा दिदीबहिनीबीचको अटुट स्नेह, विश्वास र सम्मानलाई जीवन्त राख्दै सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न भाइटीका पर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाइ छ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहारलाई यमपञ्चकका रूपमा समेत चिनिने उल्लेख गर्दै उनले यस अवधिमा काग, कुकुर, गाई, गोरु तथा धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने परम्परा रहेको बताएका छन्।

भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका, माला तथा सगुन दिने र दाजुभाइले पनि दिदीबहिनीप्रति प्रेम, सम्मान र स्नेह प्रकट गर्दै उपहार आदानप्रदान गर्ने परम्परा रहेको उनले उल्लेख गरेका छन्।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता बोकेको नेपाली समाजमा तिहारजस्ता मौलिक पर्वले विविधताबीचको एकता, आपसी भाइचारा र सहअस्तित्वको भावनालाई मजबुत बनाउने मुख्यमन्त्री कार्कीको भनाइ छ।

यस्ता पर्वका माध्यमबाट मौलिक कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा पुस्तान्तरण गर्दै सामाजिक एकता र राष्ट्रिय सद्भाव अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिएका छन्।

तिहारले सबै नेपालीको जीवनमा नयाँ आशा, उत्साह, उमङ्ग र समृद्धिको उज्यालो छर्दै सुख, शान्ति, खुसी र सुस्वास्थ्य प्रदान गरोस् भन्ने कामनासमेत मुख्यमन्त्री कार्कीले गरेका छन्।