काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

252
shares

वीरगन्ज । पर्साको वीरगन्ज कारागारबाट बिहीबार बिहान फरार भएका कैदी सुनिल साह केही घण्टाभित्रै पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा १४ वर्षको कैद सजाय भोगिरहेका पोखरिया नगरपालिका–सतवरियाका ३० वर्षीय साह कारागारको पर्खाल नाघेर भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लका अनुसार कारागारभित्र सरसफाइको काम गर्दै आएका साह सुरक्षाकर्मीको आँखा छलेर बिहान फरार भएका थिए । उनको कैद भुक्तान हुन अब दुई वर्ष मात्रै बाँकी रहेको थियो ।

घटनालगत्तै पर्सा प्रहरीले व्यापक रूपमा खोजी अभियान तीव्र पारेको थियो । खोजतलासका क्रममा फरार साहलाई नेपाल–भारत सीमा नजिक पर्ने भारतको आदापुर क्षेत्र (मटिहर्वा भन्सार क्षेत्र नजिक)बाट नियन्त्रणमा लिइएको डिएसपी मल्लले जानकारी दिएका छन् ।

प्रहरीको तदारुकताका कारण फरार भएका कैदीलाई सीमा क्षेत्रबाटै छोटो समयमै पुनः पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा कारागारको सुरक्षा व्यवस्था बारे आवश्यक छानबिन भइरहेको प्रहरिले जनाएको छ ।