काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनपीएलको सत्रौं अर्धशतक सामराको नाममा

1.2K
shares

ai logo सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) को सत्रौं अर्धशतक पोखरा एभेन्जर्सका युवराज सामराको नाममा दर्ज भएको छ।

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सत्रौं अर्धशतक पोखरा एभेन्जर्सका युवराज सामराको नाममा दर्ज भएको छ।

युवराजले विराटनगर किङ्सकाविरूद्ध ३२ बलमा २ छक्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरे। युवराज जारी सिजनमा शतक हिर्काउने एकमात्र खेलाडी समेत हुन्।

जारी सिजनमा हालसम्म १७ अर्धशतक र एक शतक प्रहार भएको छ।

जसमा काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई÷दुई अर्धशतक हिर्काएका छन्।

विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी,चितवन राइनोजका डेभिड मलान,रवि बोपरा, पोखरा एभेन्जर्सका कुशल भुर्तेलले अर्धशतक हिर्काएका थिए।

यो सिजनमा शतक हिर्काउने एकमात्र खेलाडी पोखरा एभेन्जर्सका युवराज सामरा हुन्। उनले कर्णाली याक्सकाविरूद्ध ४५ बलमा शतक पूरा गरेका थिए।