काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनपीएलः पोखराद्वारा विराटनगरलाई १३३ रनको लक्ष्य

1.62K
shares

ai logo सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई १३३ रनको लक्ष्य दिएको छ।
  • कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटियो ।

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई १३३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटियो । जसमा युवराज सामराले सर्वाधिक ८४ रन बनायो। विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए।

५ खेलबाट ४ अंक बटुलेको विराटनगर प्लेअफ सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने बाध्यतामा छ । ५ मध्ये १ खेल मात्रै जितेको पोखराको प्लेअफ ढोका लगभग बन्द भएको छ । पोखरा आफ्नो प्रतिष्ठाको लागि आज खेल जित्ने दाउमा छ ।

आजै बेलुकी ५ बजे लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्नेछन् ।