एनपिएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित छ विकेट
वि.सं.२०८३ कात्तिक २६ बिहीवार १५:१६
shares

सारांश
- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज करिअरकै सानदार बलिङ गरेका छन् ।
- पोखरा एभेन्जर्सविरुद्ध आफ्नो व्यावसायिक क्रिकेट करिअरकै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
- त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले पोखराविरुद्ध चार ओभरमा २६ रन दिएर छ विकेट लिए ।
काठमाडौं । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आज करिअरकै सानदार बलिङ गरेका छन् । उनले पोखरा एभेन्जर्सविरुद्ध आफ्नो व्यावसायिक क्रिकेट करिअरकै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले पोखराविरुद्ध चार ओभरमा २६ रन दिएर छ विकेट लिए ।
सन्दीपले आफ्नो बलिङको तेस्रो ओभरमा ह्याट्रिकसमेत पूरा गरे । । योसँगै उनी एनपिएलमा ह्याट्रिकसहित छ विकेट लिने पहिलो बलर बनेका छन् ।
एनपिएलमा समग्रमा एक खेलमा छ विकेट लिने खेलाडीमा सन्दीप तेस्रो बलर बनेका छन् । यसअघि यो उपलब्धि काठमाडौँ गोर्खाजमा आबद्ध स्पिनर साहब आलम र विल बोसिस्टोको नाममा रहेको छ । गत संस्करणमा सन्दीप उत्कृष्ट बलर घोषित भएका थिए । उक्त सिजनमा उनले नौ खेलमा १७ विकेट लिएका थिए । पहिलो संस्करणमा सन्दीपले सात खेलमा छ विकेट लिएका थिए ।

























