काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भीमफेदी ईभी दुर्घटना : १० जनाको मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै

1.41K
shares

ai logo सारांश

  • काफ्लेले घाइते र मृतकको सनाखत गर्ने काम भइरहेको पनि जानकारी दिए ।
  • नेपाल प्रहरीका २७ जना, सशस्त्र प्रहरीका १० जना र नेपाली सेनाका १० जना खटिएका छन् ।
  • मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको ईभी गाडी दुर्घटनामा घाइते भएका ६ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको ईभी गाडी दुर्घटनामा घाइते भएका ६ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु भएका १० जनामध्ये चार जनाको शव जिल्ला अस्पतालमा ल्याइसकिएको छ । डिएसपी माधवकुमार काफ्लेले दुर्घटनामा १० जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जानकारी दिए ।

उनले भने, ‘अन्दाजी बिहान पौने ६ बजे भीमफेदी गाउँपालिकामा प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी दुर्घटना हुँदा करिब ५०० मिटर तल खसेको छ । अहिलेसम्म ६ जना घाइतेलाई हेटौँडा अस्पतालमा ल्याएर उपचार गराउने काम भइरहेको छ भने १० जनाको मृत्यु भइसकेको छ । जसमध्ये चार जनाको शव जिल्ला अस्पतालमा ल्याइसकेका छौँ ।’

दुर्घटनास्थल भिरालो र जंगल क्षेत्रमा रहेकाले शव निकाल्न कठिनाइ भइरहेको उनले बताए । सुरक्षाकर्मीले घटनास्थलबाट शव निकाल्ने र उद्धार गर्ने काम जारी राखेको उनको भनाइ छ ।

उनका अनुसार उद्धार कार्यमा नेपाल प्रहरीका २७ जना, सशस्त्र प्रहरीका १० जना र नेपाली सेनाका १० जना खटिएका छन् । त्यसबाहेक नेपाल प्रहरीको गणबाट थप १५ जना परिचालन गरिएको छ भने अन्य सुरक्षाकर्मीसमेत उद्धारमा जुटेका छन् ।

काफ्लेले घाइते र मृतकको सनाखत गर्ने काम भइरहेको पनि जानकारी दिए ।

दुर्घटनाको कारणबारे भने यकिन भइसकेको छैन । चालकको निद्रा नपुगेका कारण दुर्घटना भएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन् ।

उनले भने, ‘अहिले दुर्घटना यही कारणले भएको हो भन्ने कुरा भन्न सकिएको छैन । तर, ईभी गाडीका चालकले हिजो बेलुका गाडी चलाएर काठमाडौं गएको र आज बिहानै १–२ बजेतिर त्यहाँबाट सवारीसाधन चलाउनुले चालकको निद्रा नपुगेको हो कि भन्ने मेरो अनुमान छ । अहिले यही कारणले हो भन्ने कुरा अनुसन्धान गर्छौं ।’