काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी मनोनीत

1.05K
shares

ai logo सारांश

  • नेपाली कांग्रेसले नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरीलाई मनोनीत गरेको छ ।
  • नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले कार्तिक २६ गते गिरीलाई महासंघको अध्यक्षमा मनोनीत गरेको हो ।

काठमाडौं । नेपाली कांग्रेसले नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरीलाई मनोनीत गरेको छ ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले कार्तिक २६ गते गिरीलाई महासंघको अध्यक्षमा मनोनीत गरेको हो ।

समितिका तर्फबाट प्रा.डा. शशांक कोइरालाले गिरीलाई पठाएको पत्रमा नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअ र पार्टीको विधान बमोजिम अध्यक्षमा मनोनयन गरिएको उल्लेख छ ।

गिरीलाई आगामी ६ महिनाभित्र नेपाल सांस्कृतिक महासंघको महाधिवेशन सम्पन्न गरी संगठनलाई मजबुत बनाउन जिम्मेवारी दिइएको छ ।