काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भाइटीकाले दाजुभाइ–दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाह

1.03K
shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई थप प्रगाढ बनाउने बताएका छन्।

यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

उनले पौराणिक मान्यताअनुसार कात्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवास पुगेको र यमुनाले विधिपूर्वक पूजा तथा टीका लगाएर आदरसत्कार गरेको प्रसङ्ग उल्लेख गरेका छन्।

बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन दिदीबहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति, दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।

यसै मान्यताअनुसार भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै दुबो, मखमली तथा सयपत्रीका माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने र सप्तरङ्गी टीका लगाइदिने परम्परा रहेको उनले बताएका छन्।

त्यसैगरी, दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार प्रदान गरी आशीर्वाद ग्रहण गर्ने चलन रहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले भाइटीकाले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै समाजमा प्रेम, सद्भाव र आपसी सम्मानको भावना अभिवृद्धि गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।