nmb bank

गृहपृष्ठ आफु चढ्ने स्कार्पिओ बेचेर रोलर किन्दै धरानका मेयर हर्क साम्पाङ

आफु चढ्ने स्कार्पिओ बेचेर रोलर किन्दै धरानका मेयर हर्क साम्पाङ

आफु चढ्ने स्कार्पिओ बेचेर रोलर किन्दै धरानका मेयर हर्क साम्पाङ

स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकामा मेयर बनेका हर्क साम्पाङले आफ्ना लागि किनिएको स्कार्पिओ गाडी बेचेर रोलर मेसिन किन्ने भएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले आफू चढ्न भनेर किनिएको स्कार्पिओ गाडी बेच्न लागिएको जानकारी दिएका हुन् । 

आफ्नो उक्त प्रस्ताव बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको उनले बताएका छन् ।

‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो’, उनले भनेका छन् ‘आज (बिहीबार) कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदिएको छ ।’

प्रकाशित समय : १४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु