गृहपृष्ठ पोखरामा सिक्री चोरेको आरोप लागेका पौडेलको टिकट खोसियो, कृष्ण थापाको ‘इन्ट्री’

पोखरामा सिक्री चोरेको आरोप लागेका पौडेलको टिकट खोसियो, कृष्ण थापाको ‘इन्ट्री’

पोखरामा सिक्री चोरेको आरोप लागेका पौडेलको टिकट खोसियो, कृष्ण थापाको ‘इन्ट्री’

नेकपा (एमाले)ले पोखरा महानगरपालिकाको मेयरबाट दीपक पौडेललाई पाखा लगाउँदै कृष्ण थापालाई सिफारिस गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले पौडेललाई मेयर पदमा उठाउने निर्णय गरेको थियो । तथापि, सोमबार बिहानै पार्टीले निर्णय फेरेर थापालाई अगाडि सारेको हो ।

पौडेलले सुन चोरेको भिडियो सार्वजनिक भएपछि तरंग फैलिएको थियो । उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सीसीटीभी फुटेज भाइरल भएको छ । त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका थिए । केही वर्षअघि पोखराको एउटा पसलबाट उनले सुनको औंठी निकालेको र थाहा पाएपछि पार्टीले घटना मिलाएको बताइन्छ ।

अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको छ ।

प्रकाशित समय : १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु