काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल संवत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

1.28K
shares

ai logo सारांश

  • सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् कुनै एक समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन् ।
  • सभामुख अर्यालले नेपाल संवत् आन्दोलन नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्वपूर्ण अध्याय भएको उल्लेख गरे ।
  • व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल संवत्को प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए ।

 

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् कुनै एक समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन् ।

मंगलबार वसन्तपुरमा नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल संवत् नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएको बताए ।

उनले भने, ‘नेपाल संवत् केवल समय गणना गर्ने पात्रो मात्र होइन । यो नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्वपूर्ण सम्पदा हो । यसको प्रारम्भ राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी योगदानसँग जोडिएको छ । ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई उहाँले स्थापना गर्नुभएको यस संवत्ले सामाजिक न्याय, परोपकार र सामूहिक हितको महान् सन्देश दिएको छ ।’

सभामुख अर्यालले नेपाल संवत् आन्दोलन नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्वपूर्ण अध्याय भएको उल्लेख गरे । विशेषगरी पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि यस अभियानले महत्वपूर्ण आवाज उठाएको उनको भनाइ थियो ।

उनले भने, ‘शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा, नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता प्रदान तथा सरकारी कागजातमा समेत यसको उल्लेख गर्नु यस आन्दोलनका महत्वपूर्ण उपलब्धि हुन् ।’

उनले प्राप्त उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल संवत्को प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए ।

‘नेपाल संवत् कुनै एक समुदायको मात्र सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो । त्यसैले नेपाल भाषा, नेपाल लिपि र समग्र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा राज्य र समाज दुवैको सक्रिय भूमिका आवश्यक छ,’ उनले भने ।

नेपाल संवत्को दीर्घकालीन संरक्षणका लागि नयाँ पुस्तालाई यस अभियानसँग जोड्नुपर्ने बताउँदै उनले शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा यसको प्रयोग विस्तार गर्नुपर्ने धारणा राखे ।

उनले नेपाल संवत् ११४७ ले सम्पूर्ण नेपालीमा एकता, सद्भाव, सुख, शान्ति र समृद्धिको नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।