global ime bank Long Banner Ad

गृहपृष्ठ अभिनेत्री दीया पुगिन् एभरेस्ट बेस क्याम्प

अभिनेत्री दीया पुगिन् एभरेस्ट बेस क्याम्प

अभिनेत्री दीया पुगिन् एभरेस्ट बेस क्याम्प

अभिनेत्री दीया पुन सगरमाथाको बेस क्याम्प (५३४८ मिटरको उचाइमा) पुगेकी छन् । गत महिनाको अत्यमा सगरमाथा आरोहणका लागि निस्किएकी पुनले बेस क्याम्पमा पुगेर तस्बिर समेत सार्वजनिक गरेकी हुन् ।

पुन १६ वैशाखबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘मन्त्र’ की अभिनेत्री पनि हुन् । आरोहण अगाडि उनलाई फिल्म युनिटले फिल्मको पोस्टर र नेपालको राष्ट्रिय झण्डा दिएको थियो । दुबै सगरमाथाको चुच्चोमा पुर्‍याउने बाचा समेत गरेकी थिइन् ।

‘मन्त्र’ गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा बनेको हो । खिलबहादुर गुरुङको निर्देशन रहेको फिल्म गोर्खा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस्सँंगै डिभाइन इन्टरटेन्टमेन्ट र डीएस प्रोडक्सनले सहकार्यमा बनाएको हो ।

सौगात मल्ल, बुद्धि तामाङ, दीया पुनको मुख्य भूमिका रहेको फिल्मले गोरखाको मनास्लु क्षेत्र आसपासको कथा उठाएको छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । परिक्षेद सेनको कथा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत रहेको फिल्ममा सञ्जय लामाको छायांकन एवं मित्र डी. गुरुङको सम्पादन छ ।

प्रकाशित समय : १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु