गृहपृष्ठ काठमाडौंमा बालेनको दोब्बर अग्रता, उपमेयरमा एमालेकी डंगोल अगाडी
काठमाडौंमा बालेनको दोब्बर अग्रता, उपमेयरमा एमालेकी डंगोल अगाडी
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले झण्डै दोब्बर मतका साथ अग्रता लिएका छन् । अहिलेसम्मको मतपरिणाम अनुसार बालेनको पक्षमा २०७१ मत खसेको छ । उनका प्रतिस्पर्धी एमालेका केशव स्थापित ११६४ मतका साथ पछ्याइरहेका छन् ।
कांग्रेसकी सिर्जना सिंहले आधाभन्दा बढी मतले पछाडी छिन् । उनले मात्र १००६ मत प्राप्त गरेकी छिन् ।
यसैगरि उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले अग्रता लिइरहेकी छिन् । उनले २००० मत प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी रामेश्वर श्रेष्ठले ५८० मतमात्र ल्याएका छन् ।
प्रकाशित समय : १५:२१ बजे



















