गृहपृष्ठ देशभर कांग्रेस अघिअघि, एमाले पछिपछि
देशभर कांग्रेस अघिअघि, एमाले पछिपछि
स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएर देशभरका पालिकाहरूमा मतगणना जारी छ । कतिपय स्थानीय तहमा मतगणना सम्पन्न भइसकेको छ । सम्पन्न भएका स्थानीय तहको मत परिणामले दलहरूको स्थानीय तहको उपस्थिति देखाइरहेको छ ।
सुरुवाती चरणमा आएका नतिजाले हिजोसम्म नेकपा (एमाले)लाई अग्रस्थानमा राखेको थियो । आजदेखि स्थानीय तहको मत परिणामले नेपाली कांग्रेसलाई अघि बढाएको छ ।
अहिलेसम्मको मत परिणामानुसार कांग्रेसले ७ स्थानीय तहको नेतृत्वसहित अग्रता कायम गरेको छ । कांग्रेसले ७ स्थानीय तहमा उपप्रमुख समेत जितेको छ । कांग्रेसलाई पछ्याइरहेको एमालेले पनि ७ स्थानीय तहको नेतृत्वमा आफ्नो उपस्थिति जनाएको छ । तर उप प्रमुखतर्फ भने एमालेले ६ स्थानमा मात्रै स्थानीय तह जितेको छ ।
तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) रहेका छन् । माओवादी केन्द्रले दुई स्थानीय तहको नेतृत्वमा जित हासिल गरेको छ । उसले दुई स्थानीय तहमै उपप्रमुख समेत जितेको छ ।
एकीकृत समाजवादीले पनि दुई स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै जितेको छ । एक स्थानीय तह मतदान नहुँदै निर्विरोध गरी स्वतन्त्र उमेदवारले जितेका छन् । अरू पार्टीले भने अहिलेसम्म पालिकामा खाता खोलेका छैनन् ।
मतगणना जारी भएका २६८ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने एमालेको १७२ स्थानीय तहमा अग्रता देखिएको छ । माअोवादी केन्द्रको १०८ स्थानीय तहमा अग्रता देखिएको छ भने एकीकृत समाजवादीको १३ स्थानीय तहमा अग्रता देखिएको छ ।
प्रकाशित समय : १५:०० बजे

















