nmb bank

गृहपृष्ठ तारकेश्वर मेयरका सातै उम्मेदवार घरदैलोमा, पार्टीलाई जिताएरै छोड्ने अठोट

तारकेश्वर मेयरका सातै उम्मेदवार घरदैलोमा, पार्टीलाई जिताएरै छोड्ने अठोट

तारकेश्वर मेयरका सातै उम्मेदवार घरदैलोमा, पार्टीलाई जिताएरै छोड्ने अठोट

भुइँ तहको मानिने स्थानीय तहको निर्वाचन जतिजति नजिकिँदै छ, चुनावी मैदानमा होमिएका उम्मेदवारहरु उतिउति घरदैलो कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । तारकेश्वर नगरपालिकाका सातै जना मेयरका उम्मेदवार जनताका बीचमा पुगेर मत मागिरहेका छन् ।

नेपाली काँग्रेसको तर्फबाट तारकेश्वर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका कृष्णहरि महर्जन स्थानीय नेताहरुको दलबलसहित चुनावी घरदैलोमा छन् । नेपाली काँग्रेस यसैपनि ठुलो पार्टी भएको र पछिल्लो समय जनसमर्थन पनि बढ्दै गएपछि चुनाव जित्नेमा ढुक्क देखिन्छन् । जनताको समर्थनलाई भोटका बाकसमा खसाउनका लागि उनी सबै तहका जनताको कुरा सुन्दै, सुझाव लिँदै चुनावमा होमिएको बताउँछन् ।

‘युवा पुस्तालाई मात्रै मैले समेटेको छैन । सबैलाई समेटेर लग्ने सक्ने एकमात्र उम्मेदवार म हो ।' मेयरका उम्मेदवार महर्जनले भने, ‘विकास निर्माणका हरेक एजेन्डालाई सफल बनाउन म भूमिका खेल्न सक्छु । यो मेरो प्रतिवद्धता पनि हो ।’ घरदैलो अभियानमा महर्जनसँग जनताले विशेष गरि प्राकृतिक सम्पदाको संरक्षण र अव्यवस्थित शहरीकरणको प्रश्न उठाएका थिए । जवाफमा उनले व्यवस्थित शहरीकरण नै आफ्नो मुद्धा भएको र प्राकृतिक सम्पदाका संरक्षणका लागि पनि कुनै सम्झौता नगरी काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

विगत पाँच बर्षको अवधिमा जनताले जुन खालको दुःख पाएका थिए आफु निर्वाचित भएपछि त्यो नहुने महर्जनले विश्वास दिलाएका छन् । आफुले बलियो संगठनको तर्फबाट प्रतिनिधित्व गरेकाले चुनाव जित्नेमा दुई मत नभएको उनको अठोट छ ।

‘हाम्रो पार्टीभित्र पनि केही असन्तुष्टि र विवादहरु थिए । तर अहिले हामी एकढीक्का भएर चुनावमा होमिएका छौं । असन्तुष्ट बनेका साथीहरु नै एकताबद्ध भएर घरदैलोमा लागिरहनु भएको छ’, महर्जनले भने । तारकेश्वरको विकास र समृद्धिका लागि यहाँका स्थानीयहरूसँग छलफल र सुझाव ग्रहण गर्दै आफु अघि बढ्ने महर्जनले बताएका छन् । 

तारकेश्वरको आगामी नेतृत्वका लागि सात जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेले पुरानै मेयरलाई दोहार्‍याएको छ भने सत्ता गठबन्धनमै आवद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दिएका छन् ।

प्रकाशित समय : १५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु