nmb bank

गृहपृष्ठ राेल्पाकाे माडीमा चार पार्टीबीच एकैपटक झडप हुँदा कांग्रेसका उम्मेदवार सख्त घाइते

राेल्पाकाे माडीमा चार पार्टीबीच एकैपटक झडप हुँदा कांग्रेसका उम्मेदवार सख्त घाइते

राेल्पाकाे माडीमा चार पार्टीबीच एकैपटक झडप हुँदा कांग्रेसका उम्मेदवार सख्त घाइते

रोल्पाको माडी गाउँपालिका-३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएका छन् ।

लाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो । डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाएको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले जानकारी दिए । उनलाई उपचारका लागि दाङतर्फ लगिएको छ ।

बाटोमा डाँगी चढेको गाडी नियन्त्रणमा लिएर उनीमाथि आक्रमण गरिएको घर्तीको आरोप छ । यता आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरेको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले बताएका छन् । यी दुबै पार्टीसँग तालमेल गरेका एकीकृत समाजवादी र एमाले पनि झडपमा सामेल थिए ।

झडप लगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर थमन जिसीले जानकारी दिए । 'अहिले अवस्था खतरामुक्त छ', उनले भने ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माडी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तथा कांग्रेस र एमालेबीच छुट्टाछुट्टै चुनावी तालमेल भएको छ ।

प्रकाशित समय : १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु