काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

1.09K
shares

ai logo सारांश

  • इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जापानको अर्थतन्त्र तेस्रो त्रैमासिकमा स्थिर भएको छ ।
  • जुलाईदेखि सेप्टेम्बरसम्म अर्थतन्त्रमा कुनै वृद्धि नभएको सरकारी तथ्याङ्कले देखाएको छ ।
  • तेलको मूल्य वृद्धि र कमजोर येनका कारण आयात महँगिँदा उपभोक्ता खर्च प्रभावित भएको छ ।

इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जापानको अर्थतन्त्र तेस्रो त्रैमासिकमा स्थिर भएको छ । जुलाईदेखि सेप्टेम्बरसम्म अर्थतन्त्रमा कुनै वृद्धि नभएको सरकारी तथ्याङ्कले देखाएको छ । यो विश्लेषकहरूको ०.१ प्रतिशत वृद्धिको अनुमानभन्दा कमजोर हो ।

तेलको मूल्य वृद्धि र कमजोर येनका कारण आयात महँगिँदा उपभोक्ता खर्च प्रभावित भएको छ । तेस्रो त्रैमासिकमा निजी उपभोग ०.३ प्रतिशतले घटेको छ । यसअघि अप्रिलदेखि जुनसम्म पनि समान दरले गिरावट आएको थियो । वार्षिक आधारमा अर्थतन्त्र ०.१ प्रतिशतले सङ्कुचित भएको छ ।

जुलाईमा आएको आँधी र भारी वर्षाले उपभोक्तालाई किनमेलमा जान निरुत्साहित गरेको थियो । त्यस्तै, क्युसु क्षेत्रमा गएको भूकम्पका कारण कारखाना बन्द हुँदा उत्पादन र निर्यातमा समेत असर परेको थियो । सरकारी सहायता र कम्पनीहरूको लगानी वृद्धिले पनि अर्थतन्त्रलाई गति दिन सकेन ।

क्यापिटल इकोनोमिक्सका मार्सेल थिएलियन्टले आर्थिक वृद्धिसम्बन्धी पछिल्लो तथ्याङ्क अनुमानभन्दा कमजोर र निराशाजनक रहेको बताएका छन । मुद्रास्फीति बढिरहेकाले जापानको केन्द्रीय बैंकले आगामी डिसेम्बरमा ब्याजदर थप बढाउन सक्ने विश्लेषकहरूको अनुमान छ ।

अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०२७ मा जापान विश्वका ठूला अर्थतन्त्रको सूचीमा छैटौँ स्थानमा झर्नेछ । भारत र जर्मनीले जापानलाई उछिन्ने कोषको प्रक्षेपण छ ।