काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छठघाट कुरेर बसेका ६० वर्षीय यादव मृत

798
shares

जनकपुर । धनुषाको शहीदनगर नगरपालिका–२, मतौनास्थित धनी पोखरीमा छठघाटको रेखदेख गर्न बसेका ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्थानीय रामजतन यादव पोखरीमा छठघाट निर्माण गरी एक्लै रेखदेख गर्न बसेका छन ।

उनि आज बिहान ६ः०० बजे मृत अवस्थामा फेला परेका थिए । मृतक यादवको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियारले काटेको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालको कमान्डमा कुकुरसहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाएको छ । घटनास्थलनजिकै पोखरीको पानीमा पराल काट्ने दाउसमेत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाको कारण र संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।