काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो : डा.शशांक कोइराला

210
shares

काठमाडौं । नेपाली कांग्रेसको १५ ओैँ महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालाले १४ओै महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्व कांग्रेस नै आधिकारिक कांग्रेस भएको बताएका छन् ।

नेपाली कांग्रेसको १५ नियमित महाधिवेशन अन्तरगत रौतहट जिल्ला अधिवेशन उदघाटन गर्दै आधिकारिक कांग्रेस भएका कारण १५ ओै महाधिवेशन सम्पन्न गर्न लागेको बताएका हुन् ।

उनले नेपालमा अहिलेको अर्थतन्त्र जग नेपाली कांग्रेसको २०४८ सालको सरकारले तयार पारेको बताए ।

डा.कोईरालाले आर्थिक तथा बहुदलिय संसदीय राजनीतिको जग गिरिजाप्रसाद कोईराला नेतृत्वको सरकारले बसाएको उल्लेख गरे ।

उनले भने,‘२०४८ सालमा कांग्रेसको सरकारले गाउँ गाँउमा बाटो, विजुली, शिक्षा, स्वस्थ्यको आधारशिला तयार पारेको हो । त्यही सरकारले विश्वविद्यालयको संख्या एयरलाइन्सको संख्या बृद्धि गरेको हो ।’

उनले नेपाली कांग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसकेका कारण ३५ वर्षमा केही नभएको भाष्य बनेको बताए ।

उनले नेपाली कांग्रेसका आदर्श सिद्धान्त राम्रो भएका कारण साथीहरू सबै समेटन सके कांग्रेस बलियो बन्ने बताए ।