फिलिपिन्ससँग सहकार्य बढाउन ट्रम्पको जोड
वि.सं.२०८३ मंसिर २ बुधवार १५:४१
shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलिपिन्ससँग रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने बताएका छन । उनले फिलिपिन्सको पहिलो आधुनिक आणविक ऊर्जा परियोजनामा अमेरिकी प्रविधि उपयोग गर्न सकिने उल्लेख गरे।
राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले बुधबार मनिलास्थित राष्ट्रपति भवनमा ट्रम्पलाई सैनिक टुकडी र ब्यान्डसहित स्वागत गरेका थिए । भ्रमणका क्रममा करिब एक हजार प्रदर्शनकारीले अमेरिकी नीतिको विरोध गर्दै प्रदर्शन गरेका थिए ।
अमेरिका र फिलिपिन्सबीच दक्षिण चीन सागरको क्षेत्रीय परिस्थिति तथा ताइवान आसपासको अवस्थालगायत विषयमा आपसी समझदारी र सहकार्य हुँदै आएको छ ।
राष्ट्रपति मार्कोसको कार्यकालमा अमेरिकी सेनाको पहुँच र संयुक्त सैन्य अभ्यास विस्तार भएको छ । गत अप्रिलमा १७ हजारभन्दा बढी सैनिक सहभागी १९ दिने संयुक्त अभ्यास गरिएको थियो ।

























