काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चितवनको पर्यटकीय गन्तव्य : रामसार सूचीमा सुचीकृत बीसहजारी ताल

588
shares

प्रकृतिको अनुपम सौन्दर्य,जैविक विविधता र शान्त वातावरणले भरिपूर्ण बीसहजारी ताल । यो ताल चितवनको एक मनमोहक र आकर्षक पर्यटकीय गन्तव्य हो । रामसार सूचीमा सूचिकृत यस तालले जलचर, चराचुरुङ्गी र वन्यजन्तुको प्राकृतिक वासस्थानका रुपमा विशेष महत्त्व बोकेको छ ।

टिकौली जंगल (बरन्डाभार वन क्षेत्र) भित्र अवस्थित यो ताल चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको सिमसार हो ।

विश्व रामसार सूचीमा सूचीकृत यो ताल चितवनको प्रमुख पर्यटकीय गन्तव्य हो।ताल वरिपरि बीस हजार भन्दा बढि रुख र बनस्पति फस्टाईरहेको हुँदा यस ताललाई ‘बीसहजारी’ नाम दिइएको बताईन्छ ।

जीप सफारी, वरण्डाभारमध्यवर्ती वनको हात्तीसयर, दुर्लभ वन्यजन्तु, बाघ, गैंडा, मृग, गोही र घुमन्ते चराहरु अवलोकन गर्न बीसहजारी ताल क्षेत्र आकर्षण गन्तव्यको रुपमा परिचित छ ।