काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरामा महिला कलाकारको सामूहिक कला प्रदर्शनी आयोजना

252
shares

गण्डकी। पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही मङ्सिर १९ देखि २५ गतेसम्म पोखरामा महिला कलाकारको सामूहिक कला प्रदर्शनी हुने भएको छ ।

पोखरा आर्ट ग्यालरीमा हुने उक्त प्रदर्शनीमा चित्रकलातर्फ ३५ र फोटोग्राफीतर्फ सात गरी ४२ महिला कलाकारका कलाकृतिलाई प्रदर्शनीमा राखिने प्रतिष्ठानका कुलपति सरस्वती प्रतिक्षाले जानकारी दिए ।

‘स्वरा’ नाम दिइएको उक्त कला प्रदर्शनीले ललितकला क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई उजागर गर्ने जनाइएको छ । पोखरा प्रज्ञा प्रतिष्ठान गठन भएपछि पोखरामा कला, साहित्य र संस्कृति प्रवर्द्धनका गतिविधि हुन थालेका छन् ।

केही समयअघि प्रतिष्ठानले पोखरामा ’गन्धर्व गुन्जन’ कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा गन्धर्व समुदायका मौलिक गीत, सङ्गीत, नृत्य तथा सारङ्गी वादनलाई विशेष प्राथमिकता दिइएको थियो ।

कार्यक्रममा सम्मरबहादुर गायक, कृष्णबहादुर गन्धर्व, हेमन्त कान्छा रसाइलीलगायत ८९ जना कलाकारले प्रस्तुति दिएका थिए । प्रतिष्ठानले हालै ‘लेख्छ पोखरा’ अभियान पनि सुरू गरेको छ ।