global ime bank Long Banner Ad

गृहपृष्ठ वीरगञ्ज महानगरकाे मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह निर्वाचित

वीरगञ्ज महानगरकाे मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह निर्वाचित

वीरगञ्ज महानगरकाे मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह निर्वाचित

वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बनेका हुन् । उनी एमालेका उम्मेदवार विजय सरावगीलाई हराउँदै विजयी भएका हुन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सरावगीले २३ हजार ६७१ मत मात्र प्राप्त गरे । आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गर्दै सिंह मधेश प्रदेशको एकमात्र महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् ।

यसैगरी उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम कूल २५ हजार १५८ मतसहित विजयी भए छन् भने उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले छ हजार ७१९ मत मात्र प्राप्त गरे ।

निर्वाचन कार्यालयले मतपरिणामको आधिकारिक घोषणा गर्न भने बाँकी नै छ । महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोसपाले समूह बनाएर सरावगीलाई उम्मेदवार बनाइएको थियो ।

सरावगी मेयरमा टिकट पाउने भएपछि निर्वाचनअघि मात्रै एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित समय : १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु