nmb bank

गृहपृष्ठ एसियन गेम्सको तयारी जेठ अन्तिम साताबाट

एसियन गेम्सको तयारी जेठ अन्तिम साताबाट

एसियन गेम्सको तयारी जेठ अन्तिम साताबाट

एसियन गेम्सको तयारी जेठ २४ गतेबाट सुरु गर्न प्रस्ताव गरिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)द्धारा गठित हाइ पर्फमेन्स कमिटीले एसियन गेम्सको तयारी जेठको अन्तिम साताबाट सुरु गर्न प्रस्ताव गरेको हो ।

चीनमा यसैवर्ष आयोजना हुने एसियन गेम्स स्थगित भएको थियो । प्रतियोगिताको नयाँ मिति घोषणा भएको छैन । तर कमिटीले प्रतियोगिताका लागि तयारीलाई अघि बढाउन राखेप समक्ष प्रस्ताव गरेको हो । कमिटीका सचिव हिमालराज दाहालका अनुसार एसियन गेम्सका लागि छनोट सम्पन्न भएका खेलाडीलाई विशेष प्रशिक्षणमा राख्न प्रस्ताव गरिएको छ । तत्काल बन्द प्रशिक्षण भने सुरु हुने छैन ।

तयारीको दौरान खेलाडीलाई यातायात र विशेष खुराकको ब्यवस्था राखेपले गर्नेछ । बजेटको व्यवस्था हुने बित्तिकै प्रशिक्षणको काम अघि बढ्ने दाहालले बताए । राखेपले अन्तर्राष्ट्रिय रुपमा दरिलो सहभागिता र खेलाडीलाई वैज्ञानिक प्रशिक्षणको सुझाव दिन ७ सदस्यीय हाइ पर्ममेन्स कमिटी गठन गरेको छ ।

कमिटीमा राखेपका तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बिक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानका निर्देशक दीपकराज शाही, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा खेल बिज्ञ पार्थसारथी सेन गुप्ता र सुमन डिसी छन् । यस्तै कमिटीको सचिवमा तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक हिमालराज दाहाल चयन गरेको छ ।

२१ औं संस्करणको एसियन गेम्समा २३ खेल समावेश गर्ने निर्णय भएको छ । नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, महिला भलिबल, पुरुष भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसमा सहभागिता जनाउने छ ।

प्रकाशित समय : १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु