गृहपृष्ठ Tag: मतपरिणाम
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी ३१ हजार ७८६ मतसहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका...
स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन...
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा यही मंसिर ४ गतेको निर्वाचनमा ७ प्रतिशतभन्दा बढी मत बदर भएको छ । निर्वाचन कार्यालयका अनुसार प्रत्यक्षतर्फ सात र समानुपातिकमा ८ प्रतिशत मत बदर भएको छ । मतदाता शिक्षा प्रभावकारी बनाउन नसक्दा मतदातामा भएको अन्योलताका...
परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै खड्का विजयी भएका हुन् । खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन्, भने उनका निकटतम्...
सुनसरी-१ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत पाइन् ।...
चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी विजयी भएको छ । यसैगरी आठ प्रदेशसभा मध्ये चार वटामा एमाले र दुई वटामा जसपाले जित निकाल्दा लोसपा र स्वतन्त्रले एक/एक क्षेत्रमा विजय...
मोरङ क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । कांंग्रेसकी सुजाता कोइरालालाई १ हजार २ सय ८ मतले हराएका पोखरेलले ३३ हजार १ सय ४८ मत पाएका छन् । कोइरालाले भने ३१ हजार ९ सय...
नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत पाए भने...
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनतर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई हराउँदै पाण्डे सांसदमा निर्वाचित भएका हुन् । पाण्डे ३४ हजार ६६२ मतसहित विजयी हुँदा अधिकारीले २४ हजार...














