गृहपृष्ठ बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी विजयी भएको छ । यसैगरी आठ प्रदेशसभा मध्ये चार वटामा एमाले र दुई वटामा जसपाले जित निकाल्दा लोसपा र स्वतन्त्रले एक/एक क्षेत्रमा विजय प्राप्त गरेका छन् ।

अन्तिम मतपरिणाम अनुसार बारामा एमाले ठुलो दल बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको १२ सिटमध्ये एमालेले ६ सिटमा जित हात पारेको छ भने जसपाले तीन, लोसपा र स्वतन्त्रले एक/एक सिट जितेका छन् ।

बारामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र शुन्य देखिएको छ । सत्तारुढ गठबन्धनबाट बाराको ४(२) मा लोसपाका जितेन्द्र सोनल निर्वाचित हुँदा अन्य सबै उम्मेदवार पराजित हुन पुगेका छन् ।

यी हुन् बाराबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित उम्मेदवारः

बारा क्षेत्र नं. १

प्रतिनिधिसभाः अच्युत मैनाली (नेकपा एमाले)
प्रदेशसभा १(१) : त्रिलोकी चौधरी (नेकपा एमाले)
प्रदेशसभा १(२) : सरोज कुमार यादव (जसपा)

बारा क्षेत्र नं. २

प्रतिनिधिसभाः रामसहाय यादव (जसपा)
प्रदेशसभा २(१) : सारदा संकर कलवार (स्वतन्त्र)
प्रदेशसभा २(२) : बच्चा राउत अहिर (जसपा)

बारा क्षेत्र नं. ३

प्रतिनिधिसभाः ज्वालाकुमारी साह (नेकपा एमाले)
प्रदेशसभा ३(१) : रविन्द्रदास श्रेष्ठ (नेकपा एमाले)
प्रदेशसभा ३(२) : महम्मद समिर (नेकपा एमाले)

बारा क्षेत्र नं. ४

प्रतिनिधिसभाः कृष्णकुमार श्रेष्ठ (एकिकृत समाजवादी)
प्रदेशसभा ४(१) : देवनारायण चौधरी (नेकपा एमाले)
प्रदेशसभा ४(२) : जितेन्द्र सोनल (लोसपा)

प्रकाशित समय : ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु