global ime bank Long Banner Ad

गृहपृष्ठ सुजाता कोइरालालाई हराउँदै मोरङ–२ मा एमालेका ऋषिकेश पोखरेल विजयी

सुजाता कोइरालालाई हराउँदै मोरङ–२ मा एमालेका ऋषिकेश पोखरेल विजयी

सुजाता कोइरालालाई हराउँदै मोरङ–२ मा एमालेका ऋषिकेश पोखरेल विजयी

मोरङ क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । कांंग्रेसकी सुजाता कोइरालालाई १ हजार २ सय ८ मतले हराएका पोखरेलले ३३ हजार १ सय ४८ मत पाएका छन् । कोइरालाले भने ३१ हजार ९ सय ४० मत ल्याइन् ।

पोखरेल यसअघि २०७० को संविधानसभा सदस्यमा पनि यो क्षेत्रबाट विजयी भएका थिए । उनी अघिल्लो निर्वाचनमा कांंग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।

तत्कालीन क्षेत्र नम्बर १ हुँदा सुजाताका बुवा गिरिजाप्रसाद कोइरालाले यस क्षेत्रबाट २०४८, ५१ र ०५६ को संसदीय निर्वाचन जितेका थिए । २०५६ मा मोरङ र सुनसरी ५ बाट विजयी भएका कोइरालाले मोरङ छाडेपछि उपनिर्वाचनमा उनका प्रतिनिधि आमोदप्रसाद उपाध्यायले बाजी मार्दै पहिलो संविधानसभा निर्वाचनसम्म कोइरालाको विरासत थामेका थिए ।

२०७० को संविधानसभा निर्वाचनमा एमालेका पोखरेलले उपाध्यायलाई हराएर लाल झण्डा गाडेका थिए । २०७४ को निर्वाचनमा मीनेन्द्र रिजालले पोखरेललाई हराउँदै कोइरालाको विरासत फर्काएका थिए । यस पटकको निर्वाचनमा कोइरालाले रिजाललाई टिकटमै पन्छाएर पाखा लगाउन मात्रै सफल भइनन् कि हार ब्यहोर्नसमेत बाध्य बनेकी छन् ।

प्रकाशित समय : १०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु