काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चर्किंदै आन्दोलन

13.65K
shares

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत इन्जिनियरिङ संकायका विद्यार्थीले विभिन्न माग राख्दै असार ५ गतेबाट सुरु गरेको आन्दोलन चर्किंदै गएको छ । बुधबारबाट विद्यार्थी अनिश्चितकालका लागि आमरण अनसन बसेका छन् ।

इन्जिनियरिङ संकायलाई पूर्ण स्वायत्त बनाइनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण प्रयोगात्मक परीक्षा पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्नेलगायतका माग विद्यार्थीले राख्दै आएका छन् । त्यस्तै १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा पर्याप्त पुस्तक राखिनुपर्ने जस्ता माग राखेर विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनको १५औं दिनसम्म पनि विश्विद्यालयका पदाधिकारीले माग पूरा गर्न कुनै चासो नदेखाएपछि आमरण अनसन बस्न बाध्य हुनुपरेको रोशन बस्नेतले बताए । विश्वविद्यालयलाई पढ्ने नभई राजनीति गर्ने थलो बनाइएको अनसनरत विद्यार्थी बस्नेत, रत्न शर्मा र मिलन बिसीले बताए ।

अनसन बसेका विद्यार्थीलाई समर्थन गर्दै विद्यार्थी निकुञ्ज पाण्डेले तीनजना साथी अनसन बसेको भए पनि आफूहरु सबै सडकमा उत्रिन तयार रहेको बताए । यसअघि, विद्यार्थीले रिले सनसन, जुलुस, धर्ना, कोणसभा र सडकमा डेस्कबेन्च जस्ता विरोधका कार्यक्रम गर्दै आएका थिए ।