global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेकपाले तल्ला कमिटी एकता तीव्र बनाउने

नेकपाले तल्ला कमिटी एकता तीव्र बनाउने

नेकपाले तल्ला कमिटी एकता तीव्र बनाउने

 

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले पार्टीका तल्ला कमिटी र जनबर्गीय संगठनको सांगठनिक एकीकरण प्रक्रिया तीब्र बनाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले तल्ला किमिटी एकतामा देखिएका अन्यौल तत्काल समाधान गर्ने निर्णय गरेको हो ।

नेकपामा पार्टीको प्रदेश कमिटीको अध्यक्ष र इन्चार्जसिप केन्द्रीय नेताहरूले नै गरे पनि केन्द्रीय समितिमा परेका अरु नेताहरू प्रदेश कमिटीमा रहने–नरहने भन्ने अझै टुंगिएको छैन । २२ जनबर्गीय संगठन हुने विधानमा ब्यवस्था छ । तर, जनबर्गीय संगठनका केन्द्रीय पदाधिकारी तथा सदस्यको पार्टी हैसियत पार्टीका कुन कमिटी बराबर हुने भन्नेमा भने सहमति जुटेको छैन । जसका कारण तल्ला कमिती एकतामा अलमल देखिएको छ । तल्ला किमिट एकताको लागि बनेको कार्यदलले बनाएको विधानमा अस्पष्टता देखिएपछि सचिवालयमा छलफल भएको हो ।

बैठकले बिहीबार बस्ने स्थायी कमिटीमा यस बारेमा थप छलफल गर्ने निर्णय गर्दै स्थायी कमिटी बैठकको कार्यसूची निर्धारण गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘स्थायी समितिको सुझावलाई समेटेर नियमावलीलाई अन्तिम रुप प्रदान गर्ने र त्यसपछि सबै पार्टी कमिटी र जनबर्गीय संगठनको सांगठनिक एकीकरण प्रक्रियालाई तीब्रता प्रदान गरिने निर्णय छ,’ श्रेष्ठले भने, ‘पार्टीको सांगठनिक एकीकरणको प्रक्रियाका बारेमा दुवै अध्यक्षबाट स्थायी समितिको बैठकलाई जानकारी दिनुहुने कार्यसूची तय भएको छ ।’

सचिवालयले पार्टीले तयार गरेको नियमावलीबारे छलफल गरी स्थायी समितिबाट सल्लाह र सुझाव लिने निर्णय पनि गरेको छ । स्थायी समितिको सुझावलाई समेटेर नियमावलीलाई अन्तिम रुप प्रदान गर्ने र त्यसपछि सबै पार्टी कमिटी र जनबर्गीय संगठनको सांगठनिक एकीकरण प्रक्रियालाई तीब्रता प्रदान गरिने प्रवक्ता श्रेष्ठले बताए । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै पदाधिकारी सहभागी थिए । बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमण, मुलुकमा विद्यमान राजनीतिक परिस्थितिको विकास, सरकारका काम कारबाहीलगायतबारे समेत छलफल भएको थियो ।

यो पनि पढ्नुस्

नेकपाका तल्ला कमिटी एकता अन्योलमा

प्रकाशित समय : ०१:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु