काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विद्युत् चुहावटमा कमी

357
shares

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आव २०८२/८३ मा विद्युत् चुहावट १२ दशमलव १६ मा झरेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार आव २०८२/८३ मा विद्युत् चुहावट १२ दशमलव १६ प्रतिशतमा सीमित रहेको जनाएको छ । आव २०८१/८२ मा भने विद्युत् चुहावट १२ दशमलव २६ प्रतिशत रहेको थियो ।

सरकारले आव २०८२/८३ मा विद्युत् चुहावटलाई १२ दशमलव २० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्न ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नीतिगत र संरचनागत सुधारका लागि पहल गरेको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आव २०८२/८३ मा विद्युत् चुहावट १२ दशमलव २० प्रतिशतमा झार्ने लक्ष्य राखे पनि सो अवधिमा भने १२ दशमलव १६ प्रतिशतमा झर्न सफल भएको हो ।

प्राधिकरणका अनुसार चोरी, मर्मतसम्भारको कमजोरी, लोड म्यानमेन्टका कुराले विद्युत् चुहावट हुनेगर्छ । हाल प्राविधिक समस्या आउँदा तत्कालै रेस्पोन्स गरेकाले पनि चुहावट नियन्त्रण हुँदै गएको हो । विद्युत् नेटवर्क स्तरोन्नति, समयमा मर्मतसम्भार र प्राविधिक पक्षको सुधारलाई आक्रामक रुपमा अगाडि बढाइ चुहावट नियन्त्रणलाई तीव्रता दिइएको ऊर्जा मन्त्रालयले जनाएको छ । अन्तरराष्ट्रिय बजारको तथ्याङ्क हेर्दा दक्षिण एसियामा औसतमा १३ दशमलव आठ प्रतिशत चुहावट रहेको छ ।