काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

झापा महिला गोल्डकपः एपिएफ फाइनलमा

399
shares

झापा। दूधे रङ्गशालामा जारी झापा महिला गोल्डपकको आजको खेलमा झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

खेलको २६ औँ मिनेटमा एपिएफले अग्रता लियो । झापाकी सेमिहाङमा लिम्बूले एपिएफकी रश्मीकुमारी घिसिङलाई डि–एरिया नजिकै फाउल गरेकी थिइन् । त्यसपछि पाएको फ्रि–किकलाई रश्मीले सोझै पोस्टको दिशा दिइन् । एपिएफले खेलको ३८ औँ मिनेटमा अग्रता दोब्बर बनायो । मनमाया दमाईले मध्यभागमा दिएको पासलाई रश्मीले झापाका डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी कप्तान रेनुका नगरकोटी घोषित भइन् । उनले नगद १५ हजार पुरस्कार पाइन् । बिहीबार अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीच हुँदैछ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले पाँच लाख ५० हजार पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले एक लाख ५० हजार पुरस्कार पाउनेछ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउनेछन् ।