काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुडानमा ड्रोन आक्रमण बालबालिकासहित १४ जनाको मृत्यु

1.34K
shares

सुडानको दक्षिणपूर्वी सहर अल–दामाजिनमा अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनामा अन्य १५ जना घाइते भएका छन् ।
अस्पतालका एक स्वास्थ्य स्रोतका अनुसार मंगलबार साँझ तीनवटा आवासीय घरमा ड्रोन प्रहार गरिएको थियो । यद्यपि, युद्धसम्बन्धी हिंसाका घटना अभिलेख राख्ने संस्था ‘इमर्जेन्सी लयर्स’ले मृतकको सङ्ख्या १९ पुगेको जनाएको छ ।

सन् २०२३ अप्रिलदेखि सुडानी सेना र आरएसएफबीच जारी युद्धमा दशौँ हजारको मृत्यु भइसकेको छ भने लाखौँ मानिस विस्थापित भएका छन् ।
पछिल्लो समय इथियोपिया सीमावर्ती ब्लु नाइल राज्यमा हिंसा बढेको छ । आरएसएफले राज्यको राजधानी अल–दामाजिन कब्जा गर्ने प्रयास गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार आसपासका गाउँबाट एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
मंगलबार रोजेरेस सहरमा पनि बाँध, विद्युत् उत्पादन केन्द्र र पूर्वाधारलाई लक्षित गरी आक्रमण भएको जनाइएको छ ।

यसैबीच, सुडानले आरएसएफलाई आफ्नो भूमिबाट आक्रमण गर्न दिएको आरोप इथियोपियामाथि लगाएको छ । इथियोपियाले भने आरोप अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसङ्घले सुडानको युद्धलाई विश्वकै गम्भीर मानवीय सङ्कटमध्ये एक भनेको छ ।